Thursday, April 27, 2017

विनोद खन्नाको निधनपछि 'बाहुबली २' को प्रिमियर रद्द



बलिउडका चर्चित नायक विनोद खन्नाको निधनका कारण 'बाहुबली २' को प्रिमियर आज रद्ध गरिएको छ। यो दशकको महंगो मानिएको बाहुबली २ को प्रमोसनका लागि ठूलो प्रचारप्रसार गरिएको थियो।
फिल्मको राती गरिने प्रिमियरका लागि यसअघि बलिउडका केही ठूला हस्तिहरुलाई निमन्त्रणा छापेर बोलाइएको थियो।
तर, दिउँसो ७० वर्षीय नायक विनोद खन्नाको निधनको समाचार बाहिर आएपछि बाहुबली २ को प्रिमियर रद्ध गरियो।
खन्नाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मुम्बईस्थित उनको घरमा बलिउडका हस्तिहरुको ठूलो भीड लागेको छ।

प्रकाशित मिति: बिहीबार, बैशाख १४, २०७४ १८:०१:१५



Via : Setopati

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home