नेपालमा ८.६ रेक्टरको भूकम्प आउन सक्ने, ५० हजार बढीको ज्यान जाने
काठमाडौं, १७ बैशाख । नेपालमा अहिलेसम्मकै ठूलो भूकम्प आउने अनुमान गरिएको छ । देशका तीन विभिन्न क्षेत्रमा भविष्यमा ठूला भूकम्प जानसक्ने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्ययनले भवन निर्माणको प्रवृत्ति अहिलेकै जस्तो रहे ती विपत्तिका बेला राजधानी उपत्यकामा व्यापक जनधनको क्षति हुनसक्ने आकलन गरेको छ । जापानी विज्ञहरुको समेत सहयोग लिएर गरिएको उक्त अध्ययनले सन् २०१६ र २०३० लाई आधार मानेर सबैभन्दा खराब अवस्थामा करिब ५० हजार मानिसको ज्यान जानसक्ने र झण्डै पौने तीन लाख घरमा क्षति पुग्नसक्ने अनुमान गरेको छ । तथापि भवन संहितामा कडाइ गर्दै घर तथा संरचनाहरु इन्जिनियरिङ् विधिको पालना गरी बनाइए क्षतिमा कमी ल्याउनसक्ने निचोड अध्ययनमा संलग्न अधिकारीहरुले निकालेका छन् ।
अनुमान
विज्ञहरुले भूकम्पीय प्रवृत्तिका आधारमा नेपाललाई विभिन्न चार खण्डमा विभाजन गरेका छन् । महाकालीदेखि कालीगण्डकी, कालीगण्डकीदेखि मर्स्याङ्दी, मर्स्याङ्दीदेखि सुनकोशी र सुनकोशीदेखि मेची । लामो समययता भूकम्प नगएको तथा २०७२ को भूकम्प जाँदा पूर्ण रुपमा सञ्चित शक्तिको निकास नभएको जस्ता आधारमा विज्ञहरुले आफ्नो पछिल्लो अध्ययनमा सुदूरमध्य पश्चिम नेपाल, पश्चिम नेपाल र मध्य नेपाल दक्षिण गरी तीन थरी परिदृश्य भूकम्प अर्थात् ’सिनारियो अर्थक्वेक’को मात्रै परिकल्पना गरेका छन् । यद्यपि यो भूकम्प जाने ठोकुवा भने होइन । अध्ययनमा संलग्न भूकम्पविद् एवम् खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटा भन्छन्, “विभिन्न अध्ययनका आधारमा यस्तो ठाउँमा यो स्तरको भूकम्प गयो भने कस्तो क्षति हुन्छ भन्ने हो । भूकम्प जान्छ नै भन्ने अनुमान होइन ।’

‘शहरका अधिकांश घर असुरक्षित’
ती तीन परिदृश्य भूकम्पले राजधानी उपत्यकामा कस्तो असर पार्छ भन्ने आकलन सहरी विकास मन्त्रालय नेतृत्वको ’काठमाण्डौं उपत्यका भूकम्प विपत्ति जोखिम मूल्याङ्कन परियोजना’ अन्तर्गतको पछिल्लो अध्ययनमा गरिएको हो । त्यसमध्ये ८ दशमलब ६ म्यानिच्युडको हुने परिकल्पना गरिएको सुदूर र मध्यपश्चिम नेपाल परिदृश्य भूकम्पले राजधानी उपत्यकामा ठूलो असर नपार्ने भन्दै त्यसबारे थप विस्तृत अध्ययन गरिएको छैन । तर ७ दशमलब ८ म्याग्निच्युडको हुने परिकल्पना गरिएको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले भने राजधानी उपत्यकामा प्रभाव पार्नसक्ने विज्ञहरुले आकलन गरेका छन् । त्यसको अर्थ बलियो भवनहरु बनाउनुपर्छ र आम मानिसले किन सुरक्षित भवन बनाउने भनेर बुझ्नु जरुरी छ ।

र्योजी ताकाहाशी, जापानी विज्ञ
भूकम्प जाँदा जमीन कति थर्कन्छ भन्नेबारे यकीन भन्न नसकिने भएकाले मध्यनेपाल दक्षिण परिदृश्य भूकम्पलाई थर्काइको मात्राका आधारमा तीन अवस्थामा बाँडिएको छ । अध्ययनमा संलग्न सहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर सुमन सालिके भन्छन्, “काठमाण्डू उपत्यकालाई सबैभन्दा बढी क्षति मध्य नेपाल दक्षिण परिदृश्य भूकम्प अर्थात सीएनएसले पुर्याउने देखियो । त्यसलाई जमीनको थर्कनको आधारमा सीएनएस वान, सीएनएस टु र सीएनएस थ्रीमा विभाजन गरी तीनवटा अवस्थाबारे अध्ययन गरेका थियौं । सबैभन्दा खतरापूर्ण सीएनएस थ्रीमा काठमाण्डौं उपत्यकाका ४५ प्रतिशत घर पूर्ण रुपमा क्षतिग्रस्त हुने देखियो । आशिंक क्षतिको पनि संख्या जोड्दा त त्यो संख्या ७६ प्रतिशत पुग्छ ।’ यो अनुमानित विवरण सन् २०१६ लाई आधार मानेर निकालिएको हो । तर अहिलेकै जस्तै भवन निर्माणको प्रवृत्ति रहे सन् २०३० मा त्यस्तो क्षति अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा खराब अवस्थामा सन् २०१६ मा झण्डै ३८ हजार जनाको ज्यान जाने र करिब २ लाख घरमा क्षति पुग्ने अनुमान गरिएकोमा सन् २०३० मा ५० हजारजतिको मृत्यु हुने र करिब पौने तीन लाख घर पूर्णरुपमा क्षतिग्रस्त हुनसक्ने आकलन गरिएको छ । तर यसको अर्थ २०३० मै भूकम्प जान्छ भन्ने चाहिँ होइन र यसलाई केवल एउटा आधार वर्षमात्रै मानिएको हो ।

अपार्टमेन्ट सुधार
सुधारका विभिन्न पाँच अवस्थाहरु परिकल्पना गर्दै अध्ययनले भवनसंहितामा कडाई गर्दै इन्जिनियरिङ् विधिको पूर्ण पालना गराउन सके क्षतिमा व्यापक कमी ल्याउन सक्ने निचोड पनि निकालेको छ । अहिले रहेका घरलाई जस्तातस्तै राखे र सन् २०३० सम्ममा नयाँ बन्ने घरमध्ये केहीलाई इँटा र सिमेन्टको जोडको बनाइए एवम् बाँकीलाई आरसी इन्जिनियर्ड अर्थात् नक्सा, निर्माण सामाग्री, तला जस्ता विषयमा इन्जिनियरिङ् विधिको पालना गरी बनाइए कस्तो क्षति हुन्छ भन्ने पहिलो अवस्था परिकल्पना गरिएको छ । त्यसका अतिरिक्त सबै घर आरसी इन्जिनियर्ड बनाउनेसहित अन्य थप चार वटा सुधारका अवस्था परिकल्पना गरी पछिल्लो अध्ययनले परिवर्तनहरु गरिए भूकम्पबाट घरहरुमा हुने क्षति साढे ५ प्रतिशतदेखि लिएर ६७ प्रतिशतसम्म घटाउन सकिने अनुमान गरेको छ ।

श्रोत : बीबीसी

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home