बाहुबलीका ‘कटप्पा’सहित नौ दक्षिण भारतीय कलाकारलाई पक्राउ पुर्जी
बाहुबलीमा ‘कटप्पा’ को भूमिका निभाएर चर्चित
बनेका अभिनेता सत्यरातजसहित दक्षिण भारतका नौ कलाकारलाई अदालतले पक्राउ
पुर्जी जारी गरेको छ। सन् २००९ मा उनीहरुलाई मानहानीको मुद्दा लागेको थियो।
पक्राउ पुर्जी जारी भएका अभिनेताहरुमा
दक्षिण भारतका अर्का चर्चित अभिनेता सूर्या पनि छन्। चर्चित दक्षिण भारतीय
फिल्म गजनी, सिंघम, सिंघम २ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता
सूर्यासहित चेरान, विजयकुमार, सरतकुमार, विवेक, श्रीप्रियालगायत छन्।
उनीहरुले एक पत्रकारका विवादास्पद बयान दिएका थिए। त्यसपछि उनीहरुविरुद्ध
सन् २००९ को अक्टुबरमा मानहानीको मुद्दा दायर भएको थियो। तर, उनीहरु
अदालतमा उपस्थित भएका थिएनन्। सोही मुद्दा हाल सतहमा आएको हो।
उनीहरुले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन्।
Via : Setopati
Via : Setopati
Labels: Movies

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home