नवलपरासीमा डरलाग्दो दुर्घटना, दुई घाईते
काठमाडौं, वैशाख २२ – नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–५ मा शुक्रवार बिहान डरलाग्दो दुर्घटना भएको छ ।
महेन्द्र राजमार्गमा पर्ने घिउखोलामा पुर्वबाट पश्चिमतर्फ आईरहेको ना. १ ज ६६४३ नम्बरको कन्टेनरले पश्चिमबाट पुर्व तिर गईरहेको ना.१ ज ४६५३ नम्बरको कार र सोही दिशातर्फ गईरहेको ना. १ ज ३३९९ नम्बरको कारलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।
दुर्घटनामा संलग्न कन्टेनर चालक फरार रहेको र उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीे जनाएको छ ।
Source: http://www.ratopati.com/news/141407/
Labels: news

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home