Sunday, July 9, 2017

सविन शाक्यको अन्त्यष्टिमा

काठमाडौं । रंगपत्रकार सविन शाक्यको अन्त्यष्टिमा शनिबार आर्यघाटमा उपस्थित भएका उनका शुभचिन्तक र आफन्तहरु निकै भावविह्वल अवस्थामा थिए ।
अन्तयष्टि कार्यक्रममा अभिनेता भुवन केसी, दीपाश्री निरौला, दीपकराज गिरी, नवल नेपाल, निर्माता सुनिल थापा, बरिष्ठ कलाकार मोहन निरौला, निर्माता बितरक गोपाल कायस्थ, भरत शाक्य, राजेश खनाल, बिदुर गिरी लगायत चलचित्रकर्मी लर रंगपत्रकारहरुको उपस्थिती थियो । शुक्रबार आफ्नै कोठामा घाटीमा पासो लगाएर आत्महत्या गरेका थिए ।
२०४४देखि मनोरन्जन बिटमा कलम चलाउदै आएका शाक्य अभिनेता भुवनका नजिकका मित्र पनि हुन् । भुवनको सल्लाकार र मार्ग दर्शकको रुपमा समेत शाक्य रहदै आएका थिए । सो अवसरमा धेरैजसो कलाकार र आफन्तको आँखा रसाएका थिए 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home