Thursday, July 13, 2017

न्यूयोर्कको सेन्ट्रल पार्कमा चक्कु प्रहारबाट बचिन् नायिका प्रियंका चोपडा

एजेन्सी । नायिका प्रियंका चोपडा चक्कु प्रहारबाट बचेकी छिन् । तस्विरमा पियंका दौडधुपमा देखिएका दृेश्यहरु यर्थाथ नभई प्रियकाले अभिनय गरिरहेको नयाँ फिल्मको हो । जसमा नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् ।
तस्विरमा देखिएको दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्यलाई मिडियाकर्मीले आफ्नो क्यामेरामा लिएसँगै यो तस्विर अहिले विश्वभर भाइरल बनिरहेको छ । यो सिन खिच्दा प्रियंका केही समय अत्तालिइन् कारण थियो उनको क्लिभेज स्पष्ट देखिनु ।
केही समय संहालिएसँगै उनले छायांकन अगाडी बढाइन् । ‘वेवाच’ नामक चलचित्र र ‘क्वान्टिको’ नामक सिरियलमा काम गरिसकेकी चोपडा पछिल्ला केही वर्षदेखि बलिउड सागसँगै हलिउडमा पनि जमिरहेकी छिन् ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home