Sunday, July 16, 2017

दिउँसो ४ बजेभित्रै पूर्व चल्ने रात्री बस छुट्ने, ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने

काठमाडौं- आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।मुग्लिन-नारायणगढ सडक खण्ड रातीको समयमा बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयो गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो गरिउको बताइएको छ ।
पूर्वका बसहरुले रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने बताइउको छ । यद्यपि अहिले जाम छल्न पूर्वका बसहरुले नौबिसे- पालुङ-हेटौंडाको बाटो प्रयोग गरेका छन् ।
त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबहाक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे- पालुङ- हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् ।
https://etajakhabar.com/07/16/116578

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home