Friday, July 28, 2017

प्रदिपसँग सेल्फी खिच्न नपाएपछि रसाए युवतीका आँखा, शुक्रबारका सबै शो हाउसफुल

यतिबेला चलचित्र प्रेमगीतको चौतर्फी चर्चा छ । चर्चा चलचित्र राम्रो हुनु, यसमा देखिएको मेहेनत भन्दा अझ बढी फिल्म हेर्न हलमा पुगेका युवतीहरुले चलचित्रका नायक प्रदिपसँग शेल्फी खिच्न नपाएपछि सुरु भएको समेत बताइएको छ । यस वर्षकै बहुप्रतिक्षित बनेको यो फिल्मको बुधबार बाट नै खुल्ला गरिएको मल्टीप्लेक्सको बुकिङ निकै आक्रमक रहेको चलचित्रको सिंगल थिएटरमा पनि उस्तै क्रेज देखियो।
पछिल्लो समय निकै राम्रो फ्यान फलोइङ्ग बनाएका प्रदिप खड्काको क्रेज हलमा पनि निकै राम्रो क्रेज देखिएको निर्माता सन्तोष सेनले जानकारी दिए । निर्माता सेनका अनुसार गोपीकृष्ण हलमामा प्रदिप संग सेल्फी खिच्ने दर्शकको निकै घुईचो देखिएको थियो। उनीसंग सेल्फी खिच्नको लागि युवतीहरु निकै लालायित देखिएका थिए भने कतिपयउनीसँग सेल्फी खिच्न नपाएको भन्दै आँखा रसिला बनाउँदै निरास देखिन्थे ।
देशभरका ८० बादी पर्दामा रिलिज भएको चलचित्रको अकुपेन्सी शतप्रतिशत देखिएको थियो। रिलिज भएको पहिलो दिन शुक्रबार विहान र दिउँसोको अधिकंश शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ भने कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर चलचित्रका कलाकार, र्मिाता निर्देशकले धेरै मेहेनत गरेका दृश्यहरु निकै रोमाञ्चक थिए ।
Via :tajakhabar

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home