Tuesday, July 18, 2017

कुटुमा कुटु’ ko नयाँ रेकर्ड

श्रावण ३, २०७४-  
अहिले सर्वाधिक चर्चामा रहेको चलचित्र २ रुपैयाँको ‘कुटुमा कुटु’गीतले नयाँ रेकर्ड बनाएको छ । भदौ २३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो फिल्मको गीतले युट्युबमा १ करोड भ्युज नाघेको  । गत असार ३१ गते शनिबारको दिन बिहानै यो गीतले  करोड भ्युज कटाएर सबैभन्दा कम समयमा नै १ करोड भ्युज पाउने पहिलो नेपाली भिडियो बनेको छ । यो गीतले ४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।

गीतले यति धेरै भ्युज पाउनु खुशीको कुरा भएको फिल्मका निर्देशक श्री असिम शाहको भनाई छ । झन गीत सार्वजनिक भएको ५० दिन पनि नकट्दै यति धेरै भ्युज पाएकोमा उनले दर्शक तथा प्रशंसकलाई धन्यवाद दिएका छन् ।  चलचित्रले पनि यसरी नै रेकर्ड बनाउँनेमा उनी ढुक्क देखिएका छन् । 
कुटुमा कुटु सुपारी दानाको भिडियो : 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home