ओम अस्पतालले फेरी महिलाको ज्यान लियो, अहिले तनावग्रस्त, डाक्टरलाइ प्रहरीले बचाउदै (भिडियोसहित)
श्रृजना आचार्य, काठमाण्डौ, १९ साउन । पित्तथैलीमा भएको पत्थरी निकाल्न शल्यकृयाका लागि काठमाण्डौको ओम अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएपछि विहिवार अस्पताल प्रशासन तनावग्रस्त बनेको छ ।
गोर्खा आरुघाट स्थायी घर भई काठमाण्डौको चावहिलमा ब्यापार गर्ने ५५ वर्षीया नन्दकुमारी लामिछानेको मृत्यु भए पछि अस्पताल प्रशासनमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण महिलाको मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन् ।
तनावका क्रममा प्रहरीले लाठी चार्ज गरको छ । प्रहरीको लाठीचार्जवाट ९ जना घाइते भएको र २ जनाको अवस्था चिन्ताजनक रहेको समेत आफन्तले बताएका छन् । चिन्ताजनक अवस्थामा रहेका आफन्तको समेत ओम अस्पतालमै उपचार भइरहेको छ ।
लामो समय देखि चावहिलकै चिकित्सक कमल कोइरालासंग उपचार गराइरहेकी लामिछानेलाई चिकित्सकले पित्त थैलीमा पत्थरी भएको र तत्काल शल्यकृया गर्नुपर्ने सल्लाह दिएका थिए ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home