धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका ८८ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण
उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्षसमेत रहनुभएका कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गर्नुभएको थियो । आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा पर्नुभएका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गर्नुभयोे ।
त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघद्वारा जानकीनगर स्कुलस्थित ५० जना घरधुरी बाढीपीडितलाई राहत खाद्यान्न सामग्री वितरण गरिएको छ ।
खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, सोयाबिन, मसालालगायतको सामग्री रहेको छ । त्यस्तै मिल्सएरिया धर्मसंस्थामा बस्दै आएका बाढीपीडितलाई खानानास्ता समेतको व्यवस्था गरिएको छ ।


Labels: news

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home