Wednesday, August 9, 2017

अब चटपटे बिक्रीमा प्रतिबन्ध

बाबियाचौर९म्याग्दी०, २५ साउन । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdYmFrxEcHGvVioOzjMXM0KUo1_hyphenhyphenmwLJ5Vp6qsU2HKtuYGPKJX9xseyX8OdsqSM8HHaLkllCUz1H48KI9hkM9G0scYgv4cgL7shOioryXYzgj2i80tnnDk3IGuOzOtvGIl30zJNTKfyM/s1600/DSC04400.JPG



बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
“सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,” उहाँले भन्नुभयो । साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ । चटपटे अमिलो बनाउन यहाँका केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपिक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
नगरपालिकाले सडक छेउछाउमा रहेका टं्याकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा टं्याकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home